क्यान ईन्फोटेक मेला, सगुनकाे स्टलमा सर्वसाधारणकाे भीड

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिको कुम्भमेला क्यान इन्फोटेक २०१८ म‌ंगलवार सम्पन्न भएकाे  छ ।  साे मेलामाअवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेकाे थियाे भने सोसियल इकमर्स साइट सगुनले राजधानीमा जारी क्यान इन्फोटेकमा राखेको स्टलमा दर्शकको उल्लेख्य भिड देख्न सकिन्थ्याे ।  

सगुनलाई नेपाली सामाजिक सञ्जालको रुपमा चित्रण गर्दै यो नेपाल चिनाउने विषय रहेकोले यसको विकास र प्रवद्र्धनको लाग्नुपर्नेमा राजनीतिक दलका नेता, कलाकार, पत्रकार लगायतले वताए ।  विशेषगरी विद्यार्थीहरुमा बढी लोकप्रिय बनेको सगुनमा रहेको मुड टक, सेक्रेट र माई डे जस्ता फिचरहरुका कारण यसमा नेपालीहरुको लोकप्रियता बढेको हो ।

सगुन एप्स डाउनलोड कर्ताहरुको लागि हात खाली नजाने उपहारको व्यवस्था गरेको कारण स्टलमा भिड लागेको हो । सगुनले केही दिनअघि भारतको नयाँ दिल्लीबाट एन्डोइड मोवाइल एप सार्बजनिक गरेको थियो । पछिल्लो समय सगुनको मोवाइल एप डाउनलोड गर्नेहरु बढीरहेका छन् । कनेक्ट, सेयर र अर्न नारा लिएर आएको सगुनको एपबारे खासगरी युवाहरुको चासो देखिएको छ । सगुनका स्वयंसेवकहरुले मेलामा पुगेका लार्इ माेवाइल एप प्रयोग गर्ने तरिका सिकाइरहेका थिए । फेसबूककाे विकल्प बन्न सक्ने भन्दै पत्रकार अजयवावू शिवाकाेटीले सगुनकाे एप्स डाउनलाेड गर्न अाग्रह गरे । त्यस्तै सगुनका पनेपाल प्रमुख राजु कट्टेलले याे निकै प्रभावकारी भएका कारण लाेकप्रियता बढ्दै गएकाे न्युज दैनिकलाइ वताए ।

सगुनको मोवाइल एप वेव भर्सनको अर्को रुप हो । मोवाइलमा वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिन्छ । अल इन वन जस्तै छ सगुन एप । अर्थात् माइ डे एप, क्यालेन्डर, मुड टकजस्ता फिचर यसमा समाहित छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री