काठमाडौं । कुनै बेला सिटिजन्स बैंक इन्टरनेशनल , ग्लोवल आईएमई बैंक, प्राइम कमर्शिलयल बैंक, सनराईज बैंक, बैंक अफ एशिया र कमर्ज एण्ड ट्रन्ट बैंकलाई एउटै पुस्ताका बैंक भनेर भनिन्थ्यो । कमर्ज एण्ड ट्रष्ट बैंक ग्लोवल आईएमई बैंकमा मर्ज भयो । बैंक अफ एशिया एनआईसी बैंकमा मर्ज भई एनआईसी एशिया बन्यो ।
सिटिजन्स, ग्लोवल आईएमई, प्राइम र सनराईज बैंक आ–आफै तरिकाले अगाडि बढिरहेका छन् । कमर्स एण्ड ट्रष्ट र जनता बैंक नेपालसहित १८ वटा बैंक वित्तीय संस्थालाई समाहित गर्दै करिव २२५ अर्बको वासलातसहित ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।
असोज मसान्तसम्ममा प्राइम कमर्शियल बैंकको वासलात १०६ अर्बको बनेको छ । अन्तिम चरणमा पुगेको कैलाश विकास बैंक प्राप्तिसँग यस बैंकको वासलात १४३ अर्ब नाघ्दैछ। असोज मसान्तसम्ममा सनराईज बैंकको वासलात ९८ अर्ब ४८ करोड रुपैयाँको छ । र, सिटिजन्स बैंक इन्टरनेशलनको वासलात ९४ अर्ब ९२ करोड रुपैयाँको छ ।
वासलातको आकार जस्तै छ ती बैंकहरुको सेयर मूल्य पनि । ग्लोबल आईएमईको अन्तिम कारोबार प्रतिकित्ता २९५ रुपैयाँ छ । प्राइम कमर्शियल बैंकको २७६ रुपैयाँ छ । सनराईज बैंकको २१८ रुपैयाँ छ । सिटिजन्स बैंकको १८४ रुपैयाँ छ ।
प्रतिकृया दिनुहॊस