काठमाडाै । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फूटबल फाइनल खेलमा नेपालद्धारा भुटान पराजित भएको छ । अाज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा खेलमा नेपालले भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो ।
नेपालका लागि शुरवाती अग्रता पहिलो हाफको १६ औं मिनेटमा अभिषेक रिजालले गरेका थिए । खेलकाे ३२ औं मिनेटमा भुटानका चेञ्चो ग्याल्सेनले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए । पहिलो हाफ एक-एकको बराबरीमा टुंगिएको खेलमा नेपाली टोली भुटानविरुद्ध फेरी हाबी भयो । खेलको ५२ औं मिनेटमा सुनिल बलले हेडमार्फत शानदार गोल गर्दै नेपाललाई २-१ मा ल्याए ।
खेलमा नेपालले २-१ ले जित्यो । यससँगै नेपालले साग फूटबलमा स्वर्ण हात जितेकाे छ । साे सागमा रजत पदक पनि भुटानका लागि ऐतिहासिक हो । फूटबलमा नेपालले स्वर्ण जित्दा फ्यानहरूले ‘ऐतिहासिक’ मानेका छन् । फूटबलमा स्वर्ण पदक जितेसँगै नेपालले ५१ वटा स्वर्ण पदक जित्न सफल भएकाे छ ।




