एभरेष्ट बैंकले मस्तिष्क पक्षाघात स्वावलम्बन समुहलाई दियो गाडी

काठमाडौं । एभरेष्ट बैंकले मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपाललाई विद्यालय प्रयोजनकालागि गाडी हस्तान्तरण गरेको छ ।

एभरेष्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त गाडी हस्तान्तरण गरिएको हो । कार्यक्रम का अध्यक्ष डा. बालगोपाल बैद्य, बैंकका तथा सदस्य गजेन्द्र कुमार न्यागी, सृष्टि जोशी माली लगाएत अन्य पदाधिकारी द्वारा गाडी हस्तान्तरण गरिएको हो ।

बैंकले स्थापना कालदेखिनै सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्वास्थ्य, शिक्षा, तथा वातावरणिय संरक्षणका क्षेत्रमा विभिन्न च्यारिटी गर्दै आईरहेको एभरेष्ट बैंकका मार्केटिङ अधिकृत प्रभात गुरागाईंले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप