धनगढीमा जीप दुर्घटनामा परी चालकको मृत्यु

धनगढी । जोरायल गाउँपालिका वडा नं २ मा से १ ज २०३९ नम्बरको महेन्द्रा जीप गए राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जीप राति साढे ८ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

मृत्यु हुनेमा जोरायल ४ बस्ने अन्दाजी २१ वर्षीय जीप चालक आश्रम थापा मगर रहेको प्रहरीले जनाएको छ । जीप के कति कारणले अनियन्त्रित भएको हो भन्ने विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस