एनसीसी बैंकको शाखा सामाखुशीमा

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले काठमाडौंको सामाखुसीमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले  गरेका छन् ।

डेपुटी गभर्नर श्रेष्ठले एनसीसीले संस्थागत सुशासन र आफ्नो व्यवसायिक गतिविधि अगाडी बढाउनु पर्नेमा जोड दिए ।राष्ट्र बैंकका बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठले आगामी दिनहरुमा बैंक केन्द्रीय बैंकको निर्देशनमा रहेर अघि बढदै जाने विश्वास व्यक्त गरे ।

बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले एक आपसमा मर्ज भएका पाँच वटै संस्थाका तर्फबाट एनसीसीले अझ बढी सरल र सुलभ सेवा दिदै जाने जानकारी दिए ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले शाखा स्थापनाबाट सामाखुशी क्षेत्र र त्यहाँका बासिन्दाको आर्थिक सम्बृद्धिमा टेवा दिने बताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सोल्टी होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। होटलले साधारणसभा तथा लाभांश …

प्रतिकृया दिनुहॊस