सागमा नेपाललाई लगातार तीन स्वर्ण पदक

काठमाडौं । १३ औँ एशियाली खेलकुदमा नेपाललाई तीन स्वर्ण पदक प्राप्त भएको छ । आज भएको खेलमा कराँतेतर्फ नेपालका मन्डेकाजी श्रेष्ठ र ट्रायथलनतर्फ सोनी गुरुङले स्वर्ण पदक जितेकी हुन् ।

यसैगरी तेक्वान्दोको पुम्सेमा २९ वर्षमुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका छन् । उनले नेपाललाई तेस्रो स्वर्ण जिताएका हुन् । कमलले भारतका राहुल जैनलाई पराजित गरे । तेक्वान्दोको पुम्से इभेन्ट्समा कमलले ८ दशमलव २७० अंक प्राप्त गर्दै स्वर्ण हात पारे । दोस्रो स्थानमा रहेका राहुलले ८ दशमलव २०० अंक प्राप्त गरे ।

कराँतेका मण्डेकाजी श्रेष्ठले व्यक्तिगत तर्फ पाकिस्तानी खेलाडी नियमातुलिहलाई पराजित गरेका हुन् । सोमबार पोखरा लेकसाइडमा भएको ट्रायथोलनमा महिलातर्फ प्रतियोगितामा नेपालकी सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी थिइन् ।

सोमबार नै भएको ट्रायथोलन (पुरुष)मा भने भारतले स्वर्ण र रजत पदक जितेको छ । नेपालले रजत पदकमा चित्त बुझाएको छ । महिला व्यक्तिगत काताअन्तर्गतको कराँते खेलमा भने नेपालले स्वर्ण गुमाएको छ । नेपालकी चन्चला दनुवारलाई हराउँदै पाकिस्तानकी सईदाले स्वर्ण पदक जितेकी छिन् ।

चन्चला भने रजतमै चित्त बुझाउनु परेको छ । नेपालको महिला भलिवल टिम पनि फाईनलमा पुगेर कम्तीमा रजत पदक पक्का गरीसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस