बोक्सीको आरोपमा बैतडीमा महिलामाथि कुटपिट

बैतडी । बोक्सीको आरोपमा बैतडीमा एक महिलामाथि कुटपीट भएको छ। जिल्लाको पुर्चौंडी नगरपालिका ९ तल्लादेही नाइनीकी ४० वर्षीया उत्तरा ढुंगालमाथि कुटपीट भएको हो।  शनिबार बिहान १० बजेतिर उत्तरामाथि उनकै देवर डम्मर ढुंगाल र देवरानी पवित्रा ढुंगालले कुटपीट गरेको उत्तराका भाई शेरबहादुर महराले बताए। उत्तरालाई देखेपछि छोरो बिरामी हुन्छ भन्ने आरोप लगाएर उत्तरामाथि कुटपीट भएको महराले बताए।

बोक्सीको आरोपमा कुटपीट गरिएकी उत्तरालाई उपचारका लागि शनिबारराति नै जिल्ला अस्पताल बैतडी पुर्याइएको छ।  उत्तरामाथि कुटपीट भएको पुर्चौंडी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रम्बा बोहराले पुष्टी गरे। उत्तरामाथि कुटपीट भएको भन्ने कुरा सुनेपछि आफू गाउँमै पुगेको उनले बताए।

तर कारण भने खुल्न नसकेको उनको भनाइ छ। एकल महिला उत्तरामाथि बोक्सीको आरोपमा कुटपीट गरिएकाले आफू दीदीको उपचारकै लागि धनगढीबाट बैतडी पुगेको शेरबहादुर महराले बताए।  बोक्सीको आरोपमा महिलामाथि कुटपीट भयो भन्ने खबर आएको  प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जाकारी दिए। उनले शनिबार नै खबर पाएको घाइतेको उपचार गर्न आग्रह गरेको बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वसन्त ऋतुकै पहिलो आरोहण सफल, १० शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

काठमाडौं । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको …

प्रतिकृया दिनुहॊस