दाङ । घोराही उपमहानगरपालिका १६ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । कांग्रेसका उम्मेदवार डाँगीले १२१८ र केसीले १११७ मत ल्याए ।
यहाँ ४ हजार ४ सय ५३ मतदातामध्ये ३ हजार दुई सय २६ जनाले मतदान गरेका थिए । ६८ मत बदर भएको थियो । गएको चुनावमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा विजयी भएक थिए। बुढाको निधन भएपछि उपचुनाव भएको हो ।
तपाईंको प्रतिकृया



