इराकमा सरकार विरोधी प्रदर्शनमा तीन सय ६० को मृत्यु

काठमाडौं । इराकमा सरकार विरोधी आन्दोलन चर्किएपछि पछिल्लो एक महिनामा ३ सय ६० भन्दा बढीको मृत्यु भएको छ । सुरक्षाकर्मीको गोली लागेर एक हजार भन्दा बढी घाइते भएको अन्तरर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

निरन्तर बढ्दै गएको आन्दोलनका कारण जनजीवन अस्तव्यस्त हुन थालेपछि आन्दोलन दवाउन सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्न थालेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले चिन्ता व्यक्त गरेका छन् । आन्दोलनमा भएको दमनप्रति सर्वत्र विरोध भएपछि इराक सरकारले आन्दोलनका एक कमाण्डरलाई हटाइएको जनाएको छ ।

नसेरिया शहरमा आन्दोलन दवाउने क्रममा हिंसात्मक घटना भएपछि धिल कतार प्रान्तका सैन्य कमाण्डर जमिल अल शममारीलाई बर्खास्त गरेको समाचारमा जनाइएको छ । प्रदर्शनकारीहरुले सरकारी तथा निजी भवन, व्यापारीक केन्द्र तथा बैंकहरुमा आक्रमण गर्न थालेपछि त्यसको प्रतिरक्षामा बल प्रयोग गर्दा आन्दोलनकारी घाइते भएको सुरक्षा अधिकारीहरुले दावी गरेका छन् । -एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रकाश सपुत बने निओ मनी ट्रान्सफरको ब्रान्ड एम्बेसडर

काठमाडौँ । निओ मनी ट्रान्सफरले लोकप्रिय गायक प्रकाश सपुतलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्ति गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after