ग्लोबल आइएमई बैंकको एटीएम सेवा विराटनगर महानगरपालिका परिसरमा

विराटनगर । ग्लोबल आइएमई बैंकले विराटनगर महानगरपालिका परिसरमा एटीएम सेवा सुरु गरेको छ ।

एटीएम सेवाको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरे । कार्यक्रममा विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

बैंकले विराटनगर महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरि उक्त एटीएम सेवा सञ्चालनमा ल्याएको हो । नयाँ एटीएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १५१ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री