सेञ्जुरी बैंक इलाम शाखाद्वारा राहसल बाल गृहलाई किताब र्याक हस्तान्तरण

काठमाडौं । सेञ्चुरी बैंक इलाम शाखाले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम–९ गोलाखर्क भञ्ज्याङस्थित राहसल बाल गृहलाई १६ ढोके किताब राख्ने र्याक हस्तान्तरण गरेको छ ।

बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन अध्यापनको लागि सहज होस भन्ने हेतुले किताब राख्ने र्याक हस्तान्तरण गरेको बताएको छ । इलाम शाखाका शाखा प्रबन्धक अजेश मण्डलले सो अनाथालयका अध्यक्ष राजेन्द्र चौहानलाई किताब राख्ने र्याक हस्तान्तरण गरे ।

सो अवसरमा संस्थाका अध्यक्ष चौहानले उक्त सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफनो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिए ।

बैंकले समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तर उत्थान गर्न सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ …

प्रतिकृया दिनुहॊस