घरेलु महासंघ र सीटीइभिटीबीच सम्झौता

काठमाडौं । लघु, घरेलु तथा साना उद्योगहरूमा आवश्यक सीपमूलक तालीम सञ्चालन गर्ने प्रयोजनका लागि आवश्यक पाठ्यक्रम तथा सीप प्रमाणिका निर्माण गर्ने सम्बन्धी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सम्झौता भएको छ ।

सम्झौतामा महासंघका अध्यक्ष श्यामप्रसाद गिरी र सीटीइभिटीका सदस्यसचिव डा. पुष्परमण वाग्लेले हस्ताक्षर गरे। सम्झौतामा संघ÷प्रदेश÷स्थानीय तहमा जनशक्ति प्रक्षेपण कार्यक्रमहरू सञ्चालन गर्ने, सीप विकास तालीम तथा क्षमता अभिबृद्धि कार्यक्रमहरू सञ्चालन गर्न सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।

त्यसैगरी , तालीम प्रदायक शिक्षण संस्थाहरू-शिक्षालयहरू मार्फत सञ्चालित कार्यस्थलमा आधारित सीपमूलक तालीम कार्यक्रमहरूका प्रशिक्षार्थीहरूलाई महासंघका सदस्य उद्योग-व्यवसायहरूमा कार्यस्थल प्रशिक्षणको अवसर प्रदान गर्नुका साथै कार्यस्थलमा आधारित सीपमुलक तालीम कार्यक्रम सञ्चालनमा सहयोग गर्ने सदस्य उद्योगलाई कार्यस्थलमा आधारित सीप प्रशिक्षण प्रक्रिया, दायित्व, जिम्मेवारी बारे अभिमुखीकरण प्रदान गर्ने पनि सम्झौतामा उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री