आइएमई जनरल इन्स्योरेन्सले सागका खेलाडीको ५ लाखको दुर्घटना बीमा गर्ने

काठमाडौं । मंसिर १५ गतेदेखि हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने विभिन्न देशका खेलाडी, प्रशिक्षक, निर्णायक, अफिसियललगायतको दुर्घटना विमा आईएमई जनरल इन्स्योरेन्सले गर्ने भएको छ ।

उक्त सम्झौतामा राष्ट्रिय खेलकुद परिषदको सचिवालय तथा १३औं दक्षिण एसियाली खेलकुद २०७३ को मूल आयोजक समितिको तर्फबाट सदस्य सचिव रमेश सिलवाल र आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरे।

इन्स्योरेन्सले दक्षिण एसियाली खेलकुद(साग)–२०७६ को विभिन्न खेलहरुमा सहभागि हुने खेलाडीको प्रतिव्यक्ति ५ लाखका दरले सामूहिक दुर्घटना बीमा गर्ने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप