काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिक्स भएको छ । उनलाई पेट दुख्ने समस्यापछि स्वास्थ्य परीक्षणका लागि आज त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए।
परीक्षणका क्रममा उनलाई एपेन्डीसाइटिसको लक्षण देखिएको थियो । अहिले डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिराखेका छन्।
तपाईंको प्रतिकृया




