काठमाडौं । सरकारले २० जना सह–सचिवको दरबन्दी थपेको छ । ३ मंसिरमा बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै दरबन्दी थप भएको हो । प्रस्ताव स्वीकृत भएसँगै १९ पहाडी जिल्ला पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुङ्गा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरामा सह–सचिव तहका कर्मचारी सीडीओ हुनेछन् । हाल ती जिल्लाहरुमा उप-सचिबले प्रमुख जिल्ला अधिकारीको नेतृत्व गर्दै आएका छन् ।
यसअघि ४२ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सह–सचिव र ३५ जिल्लामा उप–सचिवको दरबन्दी थियो । जनसंख्या र दुई निर्वाचन क्षेत्र भएको आधारमा गृहले सह–सचिव खटाउने प्रस्ताव अघि बढाएको थियो ।
तपाईंको प्रतिकृया



