काठमाडौं । ग्लोबल आइएमई बैंकले संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्ट (Aldershot, Hampshire ) मा सम्पर्क प्रतिनिधी कार्यालय सुरुवात गरेको छ । ग्लोबल आइएमई बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय बिस्तार गरेको हो ।
संयुक्त अधिराज्य बेलायतको एल्डरसर्ट ( Aldershot, Hampshire ) स्थित सम्पर्क कार्यालयको एक समारोहका विच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरे ।
सम्पर्क कार्यालय उद्घाटन गर्दे नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले नेपालमा सञ्चालित बाणिज्य बैंकहरु मध्ये ग्लोबल आइएमई बैंकले पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय खोल्न सफल भएकोमा बधाई ज्ञापन गर्दै सफलताको कामना दिए ।
सोहि कार्यक्रममा संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले आफ्नो मन्तव्य राख्दै ग्लोबल आइएई बैंक लि.ले देश भित्र मात्र नभएर देशबाहिर समेत प्रदान गरिरहेका सेवा सुविधाको प्रशंशा गर्दै बैंकको प्रगतिको कामना दिए ।
उक्त सम्पर्क प्रतिनिधि कार्यालयको उद्घाटन समारोहमा बोल्दै ग्लोबल आइएमई बैंक लि.का अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय खोलेर हासिल गरेको नयाँ उपलब्धिले नेपालको आर्थिक बिकासमा नयाँ तरङग ल्याउने बिश्वास व्यक्त गरे ।
साथै उनले बैंकले देश भित्र ७ वटै प्र्रदेशमा आफ्नो सेवा विस्तार गरिसेकेको र देश बाहिर पनि अन्य धेरै मुलुकहरुमा आफ्नो सम्पर्क प्रतिनिधि कार्यालयहरु संचालन गरेर सम्पूर्ण नेपालीहरुमाझ बैंकको सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताउदैँ विदेशमा पनि शाखा कार्यालय विस्तारमा अगाडी बढ्ने समेत जानकारी गराए ।
साथैे नेपालमा लागानीको लागि प्रशस्त सम्भावनाहरु रहेकोले लगानीका लागि बेलायत स्थित व्यवसाथीहरुलाई आग्रह समेत गरे । उक्त समारोहमा बेलायतका Aldershot स्थित Council Leader Mr. David Cilfford, Mayor of Rushmoo Borough Council, Sophia Choudhary, counselor Mr. Alex Crawford / Country consular Bill Withers लगायत उच्च पदस्थ ब्यक्तिहरुले आफ्नो मन्तब्य ब्यक्त गदै ग्लोबल आइएमई बैंक लि.ले बेलायतमा सम्पर्क प्रतिनिधि कार्यालय सुरु गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।
ग्लोबल आइएमई बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्पर्क प्रतिनिधी कार्यालय खोलेपछि बैंककोे सम्पर्क प्रतिनिधी कार्यालयले नेपाल तथा संयुक्त अधिराज्य बेलायतमा व्यवसायीहरु विच व्यापारिक एवं लगानी सम्वन्धी प्रवध्र्दनात्मक कार्यमा समेत सघाउने छ ।
यसको अतिरिक्त, काम तथा पढाईको सिलसिलामा संयुक्त अधिराज्य बेलायत पुगेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स लगायत नेपाल संगको अन्य बैंकिङ्ग कारोबार गर्न सहज हुनेछ ।
ग्लोबल आइएमई बैंकले यसअघि अष्टेलियाको सिड्नी तथा भारतको नयाँ दिल्लीमा सम्पर्क प्रतिनिधी कार्यालय खोलिसकेको छ ।
यि तीन देशका अतिरिक्त अन्य मुलुकहरुमा पनि सम्पर्क प्रतिनिधी कार्यालय खोल्नका लागि आगामी दिनमा प्रकृया अगाडी बढाउने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले जानकारी गराए ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । ग्लोबल आइएमई बैंक लि. ले स्थापना कालदेखि नै रेमिट्यान्स सेवामा जोड दिदै आएको छ । बैंकले हाल कोरिया र भारतबाट सबैभन्दा बढि रेमिट्यान्स नेपालमा भित्रयाउन सफल भएको छ ।
त्यसैगरि मलेसिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।




