चलचित्र ‘साङ्लो’ले रिलिज डेट परिवर्तन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘साङ्लो’ले रिलिज डेट परिवर्तन गरेको छ । फागुन ९ गतेका लागि रिलिज डेट लिएको चलचित्रले नयाँ मितिमा प्रदर्शन मिति लक गरेको छ ।  निर्माण पक्षका अनुसार अब ‘साङ्लो’ माघ २४ गते प्रदर्शनमा आउने छ ।

फागुन ९ मा दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’ र सिताराम कट्टेलको ‘सेन्टी भाइरस’ आउने भएपछि ‘साङ्लो’ले प्रदर्शन मिति परिवर्तन गरेको हो । सोही मितिमा रिलिज हुने भनिएको मुकुन्द भट्टको चलचित्र ‘लप्पन छप्पन–२’ले प्रदर्शन मिति सारेको थियो ।

‘साङ्लो’ एक्सन नायक विराज भट्टको कमब्याक मानिएको चलचित्र हो । लामो समय भोजपुरी चलचित्रमा काम गरेर नेपाली चलचित्रमा फर्किएका उनको यो महत्वाकांक्षी चलचित्र हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र …

प्रतिकृया दिनुहॊस