काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले आफूविरुद्ध महाअभियोग नलाग्ने दावी गरेका छन् । अमेरिकी संसदमा राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउने वा नलगाउने भन्ने बारेमा सार्वजनिक सुनुवाइ भइरहेका बेला यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
एक टेलिभिजन अन्र्वार्ताका क्रममा राष्ट्रपति टम्पले आफूमाथि लगाइएका आरोपमा सत्यता नभएको दावी गरेका हुन् । उनले युक्रेनलाई आफ्ना राजनीतिक प्रतिद्वन्द्वदीमाथि छानविन गर्न दवाव दिइएको भन्ने आरोपमा सत्यता नभएको दोहार्याए जो वाइडेनविरुद्ध छानविनका लागि राष्ट्रपति टम्पले युक्रेनमाथि दवाव दिएको भन्दै संसदको तल्लो सदनले महाअभियागका लागि प्रमाण जुटाउन सार्वजनिक सुनुवाइ गरिरहेको छ ।
यसअघि युक्रेनका लागि अमेरिकी राजदुत मेरी यावानिचले आफूमाथि अनावश्यक आरोपलगाएको प्रतिक्रिया दिएका छन् । उनले राजदुत यावानिचले राम्रो काम नगरेकाले फिर्ता बोलाइएकोसमेत दावी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।




