लक्ष्मी बैंकका पूर्व सिइओ सुदेश खालिङ बने सिटिजन्स बैंकको संचालक

काठमाडौं । सिटिजन्स बैंकको संचालकमा सुदेश खालिङ नियुक्त भएका छन् । शुक्रवार बसेको बैंकको ३२०औं सञ्चालक समितिको बैठकले बैंकिङ क्षेत्रमा करिव तीन दशक लामो अनुभव बटुलेका खालिङलाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरिएको छ ।

अवनिन्द्र कुमार श्रेष्ठको पदावधि सकिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा खालिङलाई नियुक्त गरिएको हो । शाखा संचालन तथा जोखिम व्यवस्थापनमा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेको बैंकले बताएको छ । उनी केही समय अगाडि मात्रै लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृतबाट हटेका थिए ।

बैंककाअनुसार वाणिज्य बैंकमा सहायकबाट बैंकिंङ पेशा शुरु गरेका उनले दुई वाणिज्य बैंकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत भएका हुन् । यो बैंकले देशैभरी फैलिएका आफ्ना ८५ वटा शाखा, ८२ वटा एटिएम र १०२ वटा शाखारहित बैंकिङ एकाइबाट सेवा प्रदान गर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘वेस्ट बैंक अवार्ड’

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको वेस्ट बैंक अवार्ड २०२४ बाट सम्मानित …