काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो ११ औ वार्षिकोत्सवको अवसरमा निशुल्क आँखा शिविरको आयोजना गरेको छ । सिराहा जिल्लाको भगवानपुर गाउपालिका २, नहरारिगौल स्थित श्री लक्ष्मी नारायण जनता मा.वि को प्राङ्गणमा आयोजना गरिएको उक्त शिविरमा ३०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत नेपाल नेत्र ज्योती संघ तथा सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा उक्त आँखा शिविर आयोजना गरेको हो ।
पहिल्लो समय वातावरण प्रदुषण तथा अन्य विभिन्न कारणबाट धेरै मानिसको आखाँमा विभिन्न समस्याहरु देखिन थालेको कारण उक्त शिविर संचालन गरिएको हो ।
एघारौँ वार्षिकोत्सव विभिन्न ११ वटा कार्यक्रमको आयोजना गर्ने क्रममा बैंकले यसअघि समाजिक उत्तरदायित्व अन्र्तगत नै रक्तदान कार्यक्रम तथा निः शुल्क मधुमेह परिक्षण, वित्तिय साक्षरताको लागि प्रभातफेरि, दृष्टिविहिन तथा फरक क्षमता भएका विद्यार्थीहरुलाई ज्याकेट वितरण, इनहाउस फुटसल तथा टेबल टेनिसको आयोजना गरिसकेको छ भने अन्य कार्यक्रमहरु आयोजना गर्ने क्रममा रहेको छ ।




