नेपालीको प्रिय खाना मःमको साथ कोका–कोला मोःमोत्सव

काठमाडौं ।  कोका–कोला मोः मोत्सव यस वर्र्षपनि पूर्णत नयाँ रुपमा उपभोक्तासामु आएको छ ।  यो मःम अभियानले कोका–कोलाका साथमा मःमहरुको विभिन्न प्रकारको स्वाद लिन सकिने र आफ्नो अनुभवलाई अझै उत्कृष्ट बनाउने अवसर प्रदान गर्नेछ ।

यस महोत्सवमा साहभागी रहेका चर्चित कलाकार तथा खानाका पारखी नायिका प्रियंका कार्कीका साथै स्वस्तिमा खड्का र बर्षा सिवाकोटी विभिन्न आउटलेटहरुको भ्रमण गर्नेछन् ।

यो अभियानले उपभोक्तालाई आफ्नो मनपर्ने कलाकारसँग भेट्ने र बसेर कोक र मःम खाने अवसर समेत प्रदान गर्दै आइरहेको छ ।

उपत्यका बाहिर पोखरा र भरतपुरमा समेत उनिहरुको उपस्थिति रहनेछ । यस उत्सवमा सहभागिता जनाउने उपभोक्ताले नयाँ अनुभव हाँसिल गर्न सक्नेछन् । उत्सवलाई रंगिन र शानदार बनाउन सहभागि कलाकारहरुले आस्र्चयजनक रुपमा विभिन्न कलेजहरुमा समेत भ्रमण गर्न सक्नेछन् ।

यो उत्समा सहभागी हुनका लागि कोका–कोला र मःमसंग आफ्नो सेल्फि खिचि ‘#cokeandmomo2018’ का       साथ @CocaColaNepal ट्याग  tag गरी आफ्ना पोस्टहरु पब्लिक गर्नुपर्ने हुन्छ । हरेक हफ्ता भाग्येशाली बिजेताहरुले देशभरि रहेको आउटलेटहरुमा कोक र मःमको कम्बो कुपन जित्न सक्नेछन् ।

यस अभियान अन्र्तगत उपभोक्ताले देशभरीका विभिन्न आउटलेटहरुमा कोका कोला र मःम अर्डर गर्दा विशेष कम्बो छुट पाउने छन् ।

उक्त आउटलेटका नाम थाहा पाउन राष्ट्रिय दैनिक पत्रिका र आउटलेट बाहिर राखिने व्यानरहरु हर्नेसकिने छ ।

विभिन्न आउटलेटहरुमा के के कार्यक्रम हुँदैछ र सरप्राइज प्याकेज के के आउँदै छन् भनि थाहा पाहुनकोलागि कोका–कोला नेपालको आधिकारिक फेसबुक पेज फलो गर्नसकिने छ । यसका साथ ग्राहकहरुले कोका–कोला नेपालको आधिकारिक फेसबुक पेज लाइक गर्नुपर्ने हुन्छ ।

मोःमोत्सव काठमाडौं उपत्यका, पोखरा, चितवन, धरान, इटहरी र बिराटनगरका विभिन्न रेष्टुरेन्टहरु तथा भोजनालयहरुमा आयोजना हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप