माछापुच्छ्रे बैंकको पहिलो त्रैमासिकमै १७ अर्ब बराबरको कर्जा र निछेप कारोबार

काठमाडाैँ । माछापुच्छ्रे बैङ्कले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा आक्रामक रुपमा शाखा विस्तार गर्नुका साथै ३७ करोड ६० लाख खुद नाफा कमाउन सफल भएको छ ।

चालु आवको असोज महिनासम्मको प्रगति विवरण सार्वजनिक गर्दै बैङ्कले गएको आर्थिक वर्षमा ४३ शाखा थप गरी कुल शाखा १३१ पु-याएको थियो भने यस वर्षको पहिलो तीन महिनामै १२ शाखा विस्तार गरेर १४३ पु¥याएको उल्लेख गरेको छ । यस अवधिमा बैङ्कले ८.५ अर्व रुपैयाँ कर्जा प्रवाह गरेर कुल कर्जा रु ८६ अर्ब पु-याएको छ ।
त्यसैगरी बैङ्कले सोही अवधिमा ६.०७ अर्ब निक्षेप संकलन एव ३ अर्ब बराबरको ऋणपत्र पूर्णरुपमा बिक्री गरी कूल ९.०७ अर्ब रुपैयाँ बराबरको स्रोत जुटाउन सफल भएको बैङ्कले जनाएको छ । विगत वर्षजस्तै यस आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा बैङ्कले आफ्नो समग्र गतिविधिलाई द्रुतगतिमा विस्तार गर्दै लगेको उसको आर्थिक विवरणमा उल्लेख गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति विकास बैंकका ग्राहकलाई ‘जंगल भिला रिसोर्ट’मा छुट

काठमाडाैं । ज्योति विकास बैंकले कसरा, चितवनस्थित ‘जंगल भिला रिसोर्ट’मा बैंकका ग्राहकलाई १५ प्रतिशतसम्मको विशेष …

प्रतिकृया दिनुहॊस