कुमारी बैंकको नाफा १४ प्रतिशतले बढ्यो

काठमाडौं । कुमारी बैंकको नाफा १४.२६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ३५ करोड १८ लाख रुपैयाँ नाफा कमाएको बैंकले चाुल आर्थिक वर्षको सोही अवधिमा ४० करोड १९ लाख रुपैयाँ कमाएको छ ।

त्यस्तै, बैंकको निक्षेप ५ अर्ब १० करोड रुपैयाँले बढेर ७८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । कर्जा लगानी पनि ५ अर्बले बढाएर ७७ अर्ब २४ करोड रुपैयाँ पुर्याएको छ । बैंकको प्रतिसेयर आम्दानी १६.८३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२६.३९ रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको खराब कर्जा घटेर १.०५ प्रतिशतमा झरेको छ । कष्ट अफ फण्ड ७.९१ बाट ७.२२ प्रतिशतमा पुगेको छ । पुँजी प्रयाप्त अनुपात घटेर ११.५७ प्रतिशत छ । बेसरेट ११.०९ बाट घटेर १०.६८ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ३.७५ प्रतिशत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds