बंगलादेशका राष्ट्रपति हमिद र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडाैँ । चार दिने नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका छन्।

बुधबार बिहान राष्ट्रपति हमिद र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति हमिद मंगलबार नेपाल आएका थिए।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप