भारतविरुद्ध नेविसंघको प्रदर्शन जारी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बुधबार पनि भारतीय हस्तक्षेपका विरुद्ध प्रदर्शन गरेको छ । नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एनआर बहुमुखी क्याम्पसको आयोजनामा नेपालटार, बाइपास, माछा पोखरी क्षेत्रमा भारतीय हस्तक्षेप विरुद्ध प्रदर्शन गरिएको हो ।

नेपालटार ग्रामिण र एनआर कलेजबाट सुरु भएको विरोध ¥याली बालाजु परिक्रमा गरेर क्याम्पसमै पुगेर समापन भएको थियो । भारतले नेपाली भूमि कालापानी, लिपुलेकलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा नेविसंघ काठमाडौंका विभिन्न स्थानमा दिनदिनै प्रदर्शन गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै दायर भएको रिट …

प्रतिकृया दिनुहॊस