बंगलादेशी राष्ट्रपति काठमाडौंमा

काठमाडौं ।   राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने औपचारिक राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।  हमिदलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छिन् ।

५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका हमिद कात्तिक २९ गतेसम्म नेपालमा रहनेछन् ।

परराष्ट्रका अनुसार, भ्रमणको दौरानमा हमिदले नेपाली समकक्षीलगायतसँग भेटवार्ता गर्नुका साथै विभिन्न स्थानकाे अवलाेकन गर्ने तय भएको छ ।

बङ्गलादेशका राष्ट्रपति हमिदले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ ।

सो क्रममा राष्ट्रपति भण्डारीले समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्ने कार्यक्रम छ ।

मन्त्रालयका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बङ्गलादेशका राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

त्यस्तै उच्च राजनीतिक नेतृत्वले समेत उनीसँग भेटवार्ता गर्नेछन् । भ्रमणमा रहँदा उनले राजधानी तथा भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल, प्रागऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको भ्रमण गर्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाममा चुनाव जित्न सकिएन, सिक्न सकियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको पराजय सहर्ष …

प्रतिकृया दिनुहॊस