नेशनल लाइफको लाभांस पारित, १२ प्रतिशत नगद लाभांस

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सको ३१औं वार्षिक साधारण सभाले लाभांस पारित गरेको छ । कम्पनीले चुक्ता पूँजीको साढे २ प्रतिशत बोनस शेयर र १२ प्रतिशतका दरले नगद लाभांस पारित गरेको हाे ।

कम्पनी अध्यक्ष प्रेमा सिंहले गत बर्ष कम्पनीले सन्तोषजनक प्रगति गरेको बताइन् । उनले लगानी विविधिकरण गरेर लामो अवधिको लगानी वृद्धि गरेर कम्पनीको प्रतिफल बढाएको बताईन् ।

उनले व्यवसाय विस्तारसँगै सामाजिक उत्तरदायित्वमा समेत ध्यान दिएको बताउँदै विपन्न वर्गका लागि शिक्षा योजना संचालन गरेको जानकारी दिईन् । सिंहले आर्थिक वर्ष २०७४/७५मा ४७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको समेत बताईन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागी पिडितहरूलाई राहत सामग्री वितरण

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका कारण …

प्रतिकृया दिनुहॊस