५ प्रतिशत लाभांश दिने रिडी हाइड्रोपावरकाे प्रस्ताव

काठमाडाैं । रिडी हाइड्रोपावरले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

हाइड्रोपावरको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांशसहित ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

आगामी पुसमा कम्पनीले साधारण सभा बोलाएको छ । प्रस्तावित लाभांश कम्पनीले साधारण सभामा अनुमोदन भएपछि मात्रै शेयरधनिलाई वितरण गरिने कम्पनीले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री