आइएसआईका पूर्व प्रमुख बगदादीकी दिदी, भिनाजुपछि अब श्रीमती पक्राउ

अंकारा – टर्कीले इश्लामिक स्टेट(आइएस)का पूर्व प्रमुख अबु बकर अल बगदादीकी पत्नीलाई गिरफतार गरिएको जनाएको छ । बगदादी हालै अमेरिकी कारवाहीका क्रममा मारिएका थिए । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोगानले बुधबार सो कुरा बताएका हुन् । गएको मंगलबार टर्कीले बगदादीकी दिदीलाई पनि पक्राउ गरिएको जनाएको थियो ।

बगदादीले हालै अमेरिकी कारवाहीका क्रममा आत्मघाती विस्फोट गरेर आफ्नै ज्यान लिएको जनाइएको थियो । अमेरिकाले कारवाही अभियान सिरियाको उत्तर पश्चिम हिस्सामा चलाएको थियो । बगदादीको मृत्युलाई अमेरिकी राष्ट्रपतिले जीतको रुपमा व्याख्या गरेका थिए । तर आलोचकहरुले अझैपनि इश्लामिक स्टेटको खतरा कायम रहेको जनाएका छन् । इश्लामिक स्टेटले बगदादीको मृत्यु पुष्टी गर्दै नयाँ नेताको नाम घोषणा गरिसकेको छ ।

टर्कीका राष्ट्रपति अर्दोआनले बुधबार जनाए अनुसार टर्कीले बगदादीकी पत्नी र उनका ज्वाईलाई पनि पक्राउ गरेको जनाएका छन् । उनले अमेरिका तर्फ संकेत गर्दै भनेका छन्,‘हामीले बगदादीकी पत्नीलाई गिरफतार गरेका छौं । तर, बगदादीको प्रसंगमा जस्तो हल्ला गरेका छैनौं ।’ उनले अर्दोआनकी दिदी र ज्वाईँलाई पनि पक्रेकेको र टर्कीका अधिकारीहरुले आईएसको बारेमा जानकारी लिइरहेको जनाएका छन् । –बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘मोरु डिजिटल वालेट’ फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश

ललितपुर । भुक्तानी सञ्चालक फोनपेले पेनेप प्रालि (मोरु डिजिटल वालेट)लाई आफ्नो सञ्जालमा समावेश गरेको छ …

प्रतिकृया दिनुहॊस