काठमाडाैं – बलिउड सुपरस्टार गोविन्दा नेपाल आएका छन् । वीरगंजमा आउँदो बिहीवारदेखि शनिवार सम्म चल्ने तीन दिने नेपाली चलचित्र स्वर्णीम महोत्सवमा सहभागी हुन उनी नेपाल आएका हुन् ।
गोविन्दा पत्नी सुनिता र नायिका निरुतासिंहसहित मुम्बईबाट मंगलबार अपरान्ह साढे ४ बजे काठमाडौं आईपुगेको महोत्सव संयोजक तथा नेपाल चलचित्र निर्माण संघका अध्यक्ष आकाश अधिकारीले जानकारी गराए ।
गोविन्दाको नेपालसँग पुरानो नाता रहेकोले उनलाई महोत्सवमा विशिष्ट अतिथि बनाइएको आयोजकले जनाएको छ ।
तपाईंको प्रतिकृया




