जनकपुर – सञ्चालनको तयारीमा रहेको जनकपुर-जयनगर रेलमार्ग कमला नदीका कारण वर्षाको समयमा प्रभावित हुने भएको छ । यसले गर्दा रेलमार्ग दीर्घकालीन हुन नसक्ने देखिएको छ ।
गत वर्षको समयमा कमला नदीमा पानीको बहाव बढी हुँदा करिब ५ किलोमिटर क्षेत्र डुबानमा परेको थियो । नेपाल-भारत सीमानामा पर्ने धनुषाको इनरुवातर्फ १०० मिटर लिक पूर्णरुपमा बाढीले क्षतिग्रस्त भएको थियो ।
रेल विभागका अनुसार बाढीले जनकपुर–जयनगर रेलमार्गमा करिब ८ करोड रुपैयाँको क्षति पुर्याएको थियो । कारोबार दैनिकबाट
तपाईंको प्रतिकृया




