काठमाडौं – सानिमा बैंकले बचतकर्ताका लागि स्वास्थ्य परीक्षण तथा विमा सुरक्षा सुविधासहितको ‘सानिमा दीर्घायु बचत खाता तथा सानिमा दीर्घायु तलब खाता’ ल्याएको छ ।
यो योजनाअन्तर्गत बैंकले तोकेका अस्पतालहरुबाट ग्राहकले ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा लिनसक्ने छन् । साथै नेपाल र भारतमा हुने उपचारमा १ लाख रुपैयाँसम्मको औषधि उपचार विमा सुविधा लिनसक्ने छन् । यदी ग्राहकको दुर्घटना भई मृत्यु वा कुनै अंग स्थायी रुपमा असक्षम भएमा एकमुष्ठ २० लाख रुपैयाँ वीमा रकम दावी गर्न सकिने छ ।
यसबाहेक ग्राहकलाई ६ घातक रोगहरुको रक्षावरणसहितको ३ लाख रुपैयाँ विमा २५ हजारको मृत्यु लाभ हुने विमा बैंकले गरिदिने बताएको छ । सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा ए।टि।एम रहेको छ ।
तपाईंको प्रतिकृया




