काठमाडौं – अनलाइन मार्फत शपिङ गराउँदै आएको शपिङ साइट दराजले कात्तिक २५ गतेदेखि ‘११x११’ सेल डे को आयोजना गर्ने भएको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर दराजले नोभेम्वर ११ को मध्यरातबाट दराजले (वर्ल्ड विगेस्ट अनलाइन सेल डे) सुरु गर्न लागिएको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा दराजले २४ घण्टाको अवधिमा अधिक मात्रामा वस्तुहरु बिक्री गर्ने दाबी गरेको छ । यसका साथै उसले एक दिनको अवधीमा मात्रै साढे ३ लाख ग्राहकहरुले सेलमा सहभागिता जनाउने समेत दाबी गरेको छ । दराजमा अनलाइन मार्फत सपिङ्ग गर्ने प्रयोजनका लागि ग्राहकहरुले सानिमा, नबिल, नेपाल इन्भेष्टमेण्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकको कार्ड प्रयोग गर्दा सहुलियत पाउने कम्पनीले जनाएको छ ।
यसका साथै दराजले आफ्नो एप मार्फत सामान किन्ने ग्राहकहरुको लागि ११x११ को अवसरमा छुट दिने बताएको छ । पत्रकार सम्मेलनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पहिले अनलाइन सपिङभन्दा मानिसहरुमा नकरात्मक सोच थियो र अहिले पनि रहेको बताए ।




