काठमाडौँ । एन आई सी एशिया बैंकले युनियन पे इन्टरनेशनलको सहकार्यमा ‘एनआइसी एशिया युनियन पे भर्चुअल कार्ड’को प्रयोगबाट भुक्तानी गर्ने प्रणालीको शुरुवात गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र यूनियन पे इन्टरनेशनलका अध्यक्ष चाई जियानबोको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा यूनियन पे भर्चुअल कार्डको शुरु गरीएको हो ।
सो सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवासंग एकिकृत गरी छिट्टै ग्राहक सामु लैजाने योजना बनाएको छ । साथै, यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढिकरण हुने विश्वास बैंकले लिएको छ ।
नेपाल सरकारबाट घोषित पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आगन्तुक पर्यटकहरुलाई उक्त झुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरिदको भुक्तानीमा सहज हुने विश्वास लिइएको छ । यूनियन पे इन्टरनेशनलले विश्वभरका १७५ भन्दा बढी मुलुकहरुमा भुक्तानी सेवा बिस्तार गर्नुका साथै ८ अर्ब भन्दा बढी कार्ड जारी गरेकोे छ ।



