काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैकले आफनो १५ औं वार्षिकउत्सवको अवसरमा धादिङस्थित गल्छी शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
शाखाले जिल्ला रेडक्रस सोसाइटी धादिङको प्राविधीक सहयोगमा बृहत रक्तदान जीवनदान कार्यक्रम यही कार्तिक १७ गते संचालन गरिएको थियो ।
कार्यक्रममा बोल्दै शाखा प्रमुख गौरब काफलेले देशमा हाल रगतको चरम अभाव भएकाले आफनो शरिरबाट खेर जाने रगतबाट कसैको जीवन बचाउन सकिने भएकाले यस्तो पवित्र काम सवैले गर्नुपर्ने बताए ।
बैंकले सामाजिक उतरदायित्व अन्र्तगत रहेर गल्छी शाखालगायत ८७ ओटै शाखा कार्यालयबाट यस्ता किसिमका सामाजिक उतरदायित्वको कार्य गर्दै आएको जनाएको छ ।
तपाईंको प्रतिकृया



