काठमाडौं । सुनकोसी नदीमा यात्रुवाहक बस खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ । दोलखाको मागा देउरालीबाट काठमाडौंतर्फ गइरहेको बा २ख ७२४५ नम्बरको बस आइतबार दिउँसो चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेनजिकैबाट नदीमा खस्दा छ बालबालिकासहित १८ जनाको मृत्यु भएको हो । दुर्घटनामा ५१ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा १३ महिला र पाँच पुरुष रहेको सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए । १५ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो । सोमबार बिहान नेपालथोकमा एक बालिकाको शव भेटिएको हो।
बस सडकबाट करिब २० मिटर तल नदीमा खसेको छ । सोमबार बिहानसम्म १७ जनाकै सनाखत भएको छ ।
तपाईंको प्रतिकृया




