तीन दिनसम्म आकाश धुम्म रहने

काठमाडौं । आज देशका अभिकांश स्थानको मौसम बदली भई केहि स्थानमा फाट्टफुट्ट पानी पर्ने संभावना रहेको छ।  मध्य र पूर्वी क्षेत्रका अधिकांश स्थानको मौसम पूर्ण रुपमा बदली भई केहि स्थानमा हल्का पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमवीद् बरुण पौडेलका अनुसार पश्चिमी भेगमा पनि पानी पर्ने संभावना छ। काठमाडौं उपत्यकामा पनि बेलुकीपख पानी पर्न सक्ने पौडेलले बताए।

देशका धेरैजसो स्थानको आकासमा बादल लागेर धुम्म हुनेछ। देशका अधिकासं स्थानमा पारिलो घाम लाग्ने छैन भने उच्च पहाडी एक दुई स्थानमा हिमपातको समेत संभावना रहेको पौडेलेको भनाइ छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बझाङमा मतगणना गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ-१ ‘क’ मा मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ । शनिबार …

प्रतिकृया दिनुहॊस