सुस्तामा आठ महीनामा बिजुली बल्ने

काठमाडाैँ । अन्धकारमा बस्दै आएका सुस्तावासीलाई बिजुलीको पहुँचमा पु¥याउने उद्देश्यले सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण थालिएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारि पर्ने विकट क्षेत्र बहुचर्चित नेपाली भूमि सुस्तामा निर्माण हुनलागेको ग्रिडको मङ्गलबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्यास गरे ।

सो अवसरमा मन्त्री पुनले अब सुस्तामा विकासको लहर शुरु भएको उल्लेख गरे । “हामीले मुलुकलाई नै लोडसेडिङमुक्त बनायौँ, तर मुलुककै एक भाग यो सुस्ताभूमि अन्धकारमा रहनुपरेको स्थितिलाई पनि अन्त्य गर्न यो आयोजना शुरुआत गरेका हौँ, आगामी असारभित्रमा यहाँका घरघरमा बिजुली बल्नेछ”, उनले भने ।

नारायणी नदीमा डुङ्गा चढेर सुस्ता पुग्नुभएका मन्त्री पुनले थपे, “डुङ्गाबाट जोखिमपूर्ण यात्रामार्फत आवातजावात गर्नुपर्ने सुस्तावासीको बाध्यतालाई हामी अन्त्य गर्दैछौँ, यहाँ बन्न लागेको झोलुङ्गे पुलको छिटो निर्माणका लागि हामीले पहल गरिरहेका छौँ, सुस्तामा सर्पदंश उपचार केन्द्र स्थापना, नमूना घरवास सञ्चालन तथा यहाँका विपन्न नागरिकलाई सरकारले निःशुल्क आवास निर्माणको प्रक्रिया शुरु गरिसकेको छ, तसर्थ सुस्तावासीले अब सरकारले हेरेन भनेर गुनासो गर्नुपर्ने अवस्था छैन, सरकार तपाँईहरुसँगै छ ।”

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस