काठमाडौं । सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले तिहारको अवसर पारेर ‘यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा’ नामक विक्री योजना बजारमा ल्याएको छ।
यस योजना अन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्तामुखी स्कीम शुरु गरेको छ। यो योजना सिमित अवधिको लागि नेपाल अधिराज्य भर लागू गरिएको छ।
सिमेन्ट जगतमा विगत लामो समयदेखि गुणस्तरीय असली ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै, निमार्ण क्षेत्रमा लोकप्रियता हासिल गर्र्न सफल शिवम् सिमेन्टले चाँड पर्व लक्षित गरी आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्फत थप उत्साह प्रदान गर्दै आइरहेको जनाएको छ। सोही अनुरुप, कम्पनीले आउँदो तिहारलाई लक्षित गर्दै चाँदीको सिक्का र चाँदीको दियो उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो।
शिवम् सिमेन्ट लिमिटेडले गुणस्तरमा कहिल्यै सम्झौता नगरौं अर्थात ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ को नारा सहित विभिन्न क्षेत्रहरु जस्तै स्वास्थ्य, शिक्षा, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्ता क्षेत्रहरुमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट हो।
सन् २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधी युक्त प्लाण्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ।




