काठमाडौं । तेस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपालले आईतबार भुटानसंग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिताबाट बाहिरिसकेको नेपालले लिग चरणको अन्तिम खेलमा घरेलु टोलीसंग प्रतिस्पर्धा गर्न लागेको हो ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । भुटान समेत प्रतियोगिताबाट बाहिरिसकेको छ ।
नेपाल आफ्नो पहिलो खेलमा भारतसंग पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशलाई नतिजा सुम्पिएको थियो । नेपाल र भुटान प्रतियोगिताबाट बाहिरिएसंगै भारत र बंगलादेशले प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने तय भएको छ ।
तपाईंको प्रतिकृया




