कसूर पुष्टि भए महरालाई ३ वर्षसम्म कैद

काठमाडाैं । यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको कसुर पुष्टी भए ३ वर्ष कैद हुने भएको छ। पीडित रोशनी शाहीले शनिबार किटानी जाहेरी दिएपछि प्रहरी आरोपमाथि अनुसन्धानमा जुटेको छ।

कान्तिपुर दैनिक लेख्छ: प्रहरीले मुलुकी अपराध संहिता ऐन २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार अनुसन्धान अगाडि बढाएको छ। यौन दुर्व्यवहारको कसुर पुष्टि भए मुलुकी अपराध संहिता ऐन २०७४ को दफा २२४ अनुसार ३ वर्ष कैद र ३० हजारसम्म जरिवाना हुने व्यवस्था छ।

उक्त दफामा कसैलाई यौन दुर्व्यवहार गर्न नहुने भनिएको छ। महरा सभामुख भएकै अवस्थामा यौन दुर्व्यवहार भएकोले कसुर पुष्टि हुँदा उनीविरुद्ध थप सजाय हुनसक्छ। शनिबार पीडित रोशनीले बलात्कार प्रयासको कसूरमा महानगरीय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन्। शनिबार बिदा परेकोले आइतबार जाहेरीमाथि थप अनुसन्धान अगाडि बढाउने प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस