भारतको तत्कालीन राजपरिवारले जित्यो साढे ३ करोड पाउण्डको मुद्दा

लन्डन । बेलायतको अदालतले ७० वर्षदेखि अल्झिरहेको एउटा मुद्दामा भारतको हैदरावादको अन्तिम शाही खानदानको पक्षमा फैसला सुनाएको छ । मामिला १० लाख पाउण्ड (अहिले ३ करोड ५० लाख पाउण्ड) रकमको हो । हैदरावादका अन्तिम राजा मीर उस्मान अली खान सिद्धिकीका अर्थमन्त्रीको तर्फबाट पाकिस्तानका उच्चायुक्तको बैंक खातामा त्यतिबेला रकम जम्मा गराइएको थियो ।

यसो गर्नुको कारण भारतका तर्फबाट तत्कालीन हैदरावाद राज्यमा आक्रमण गरिनु थियो । ७१ वर्ष अघि सो रकम राजाका वारिस मकर्रम जाह र भारतको हक भएको बुधबार बेलायती अदालतले गरेको फैसलामा सुनाइएको छ । यो प्रसंग १९४८को हो । त्यतिबेला त्यहाँका सातौं राजाका अर्थमन्त्री रहेका नबाब मोइन नवाज जंगले १० लाख पाउण्ड रकम बेलायतमा रहेका पाकिस्तानका तत्कालीन उच्चायुक्त हबिब इब्राहिम रहमतुल्लाहको लण्डनस्थित बैंक खातामा जम्मा गरेका थिए ।

अहिले सो रकम बढेर ३ करोड ५० लाख पाउण्ड भइसकेको छ  ।यस सम्बन्धी मुद्धा अन्तिम राजाका सन्तान र पाकिस्तानबीच लामो समयदेखि चल्दै आएको थियो । बुधबार लण्डनको रोयल कोर्ट अफ जस्टिजमा न्यायाधीश मार्कस स्मिथले फैसला सुनाएका हुन् । उनले सो रकममा तत्कालीन राजाका बंशजको हक भएको जनाएका थिए । तत्कालीन राजाका नाति नजफ अली खानले सो फैसलाको स्वागत गरेका छन् ।
पाकिस्तानको विदेश मन्त्रालयले भने प्रतिक्रिया दिँदै आफूले सो फैसलाको अध्ययन गरिरहेको जनाएको छ । – बीबीसी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस