कुटपिटबाट एक वृद्धाको मृत्यु

गुल्मी ।  गुल्मीको कालीगण्डकी गाउँपालिकामा कुटपिटबाट एक जना वृद्धाको मृत्यु भएको छ।  कालीगण्डकी गाउँपालिका वडा नं ६ खडकोटका ६४ वर्षीय दुर्गादत्त ढकाललाई स्थानीय ४५ वर्षीय टोपबहादुर सार्कीले कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेका अनुसार सार्कीलाई प्रक्राउ गरीएको र  शवलाई पोष्टमाटमका लागि पाल्पा लैजाने तयारी भइरहेको जानकारी दिए। घलेका अनुसार उनीहरुको पहिले देखिनै आपसी विवाद रहदै आएको  प्रारम्भिक अनुसन्धानबाट खुलेको भन्दै सार्कीलाई कर्तब्य ज्यान सम्बन्धी मुद्धा दर्ता गर्ने तयारी भएको घलेले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री