अवे मैदानमा लिभरपुलको संघर्षपूर्ण जित

काठमाडाैँ । युरोपियन च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगमा आफ्नो विजयी यात्रा कायमै राखेको छ । यो सिजन हालसम्म लिगका कुनै पनि खेलमा बराबरी वा पराजित नभएको लिभरपुलले आइतबार राति भएको खेलमा संघर्षपूर्ण जित निकालेको छ ।

लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको हो । पहिलो हाफमा गोल रहित भएको खेलमा लिभरपुललाई जिताउन ७० औँ मिनेटमा जर्जिनिओ वाइनाल्डमले गरेको गोल निर्णायक बन्यो ।

उसले लिगमा यो सिजन हालसम्मका सबै सात खेलमा जित निकालेको छ । यस्तै गएको सिजनको पछिल्ला ९ खेलमा विजयी भएकाले लिगमा उसको विजयी यात्राको सिलसिला १६ खेलमा पुगेको छ । जित निकालेको शीर्ष स्थानको लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा पाँच अंकले अघि छ । लिभरपुलको सात खेलबाट २१ अंक भएको छ ।

यस्तै शनिबार राति नै भएको खेलमा चेल्सी पनि विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा फ्र्यांक लाम्पार्डको टिम चेल्सीले ब्राइटनलाई २–० ले पराजित गरेको हो । प्रिमियर लिगको प्रशिक्षकका रुपमा लाम्पार्डले घरेलु मैदानमा पहिलो जित दर्ता गरेका हुन् । अरु खेलमा वुल्भ्सले वाट्फोर्ड तथा क्रिष्टल प्यालेसले ब्राइटनलाई सामान २–० ले पराजित गरेका छन् । यस्तै एस्टन भिल्ला र बर्नलीले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ब्राजिलले कोपा अमेरिकाको पहिलो खेलमै अंक बाँड्यो

काठमाडौं । उपाधि दाबेदार ब्राजिलले कोपा अमेरिका-२०२४ मा निराशाजनक सुरुवात गरेको छ । अमेरिकाको लस …

प्रतिकृया दिनुहॊस