मड्रिड डर्बीमा गोल हुन सकेन, रियल मड्रिड शीर्ष स्थानमा कायम

काठमाडाैँ । रियल मड्रिडले स्पेनिस ला लिगामा यो सिजन अपराजित यात्रा कायम राखेको छ । सबै खेलमा जित निकाल्न नसके पनि रियल मड्रिड पराजित भएको छैन ।

लिग अन्तर्गत शनिबार राति भएको मड्रिड डर्बीमा गोल रहित बराबरी गरेको रियल मड्रिड शीर्ष स्थानमा कायम छ । एथ्लेटिको मड्रिडको मैदानमा भएको खेलमा दुवै तर्फबाट गोल हुन सकेन ।

पहिलो हाफमा घरेलु टिम एथ्लेटिकोका डिएगो कोस्टाले गोल गर्ने सुन्दर मौका बनाएका थिए, तर सफल हुन सकेनन् । यस्तै दोस्रो हाफमा रियल मड्रिडका लागि ग्यारेथ बेलले सुन्दर प्रहार गरेका थिए, तर बार भन्दा माथिबाट बल गयो । यस्तै करिम बेन्जिमाले गरेको सुन्दर प्रहार ज्यान ओब्लाकले सुन्दर बचाउ गरे । बराबरीपछि रियल मड्रिडको सात खेलबाट १५ अंक भएको छ ।

शनिबार राति नै भएको खेलमा लेगानेसलाई १–० ले पराजित गरेको ग्रानाडा १४ अंकसहित दोस्रो स्थानमा छ । १४ अंक नै रहेको एथ्लेटिको मड्रिड तेस्रो स्थानमा रहेको छ । अर्को खेलमा भ्यालेन्सियाले एथ्लेटिको बिल्बाओलाई १–० ले पराजित गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इंग्ल्यान्डलाई हराउँदै भारत टी-२० विश्वकपको फाइनलमा

काठमाडौँ । भारत टी- २० विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न सेमिफाइनलमा इङल्याण्डलाई ६८ …

प्रतिकृया दिनुहॊस