प्रशासनलाई स्वच्छ राख्न अर्थमन्त्री खतिवडाकाे निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनलाई स्वच्छ राख्न कर्मचारीलाई निर्देशन दिएका छन् । राजस्व प्रशासनमा पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन गर्न अर्थमन्त्रीले भन्सारका कर्मचारीलाई निर्देशन दिएका हुन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षणमा पुगेका अर्थमन्त्री डा. खतिवडाले अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने गरी व्यवसायीमैत्री भएर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

उनले विमानस्थल विदेशी पाहुनाको लागि पहिलो प्रभाव पर्ने स्थल भएकाले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहकार्य गरी नेपाल भ्रमण वर्ष २०२० को तयारी गरिने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिया प्यासिफिक डिजिटल ट्यालेन्ट समिटमा नेपाली विद्यार्थीले जिते पिपल्स च्वाइस अवार्ड

काठमाडौं । नेपाली विद्यार्थीहरुले आविष्कार गरेको एआई प्रोजेक्टले चीनको नानिङ र सेन्जेनमा भएको एसिया प्यासिफिक …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds