कपिलवस्तुको एक उद्योगमा आगलागी

कपिलवस्तु । जिल्लाको वाणगंगा नगरपालिकास्थित एक उद्योगमा आगलागी भएको छ । मंगलबार मध्यरात विद्युत सर्ट भएर नेपाल फेब्रिक इष्ड्रष्टिजमा आगलागी भएको हो । आगलागीबाट ४ करोडको क्षति भएको उद्योग सञ्चालकको अनुमान छ ।

उद्योगमा आगलागी भएपछि वाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकल बोलाइएको थियो । यद्यपि आगो नियन्त्रणमा लिन नसक्दा उद्योगमा ठूलो क्षति भएको उद्योग सञ्चालकले बताएका छन् ।

आगालागीबाट भएको क्षतिबारे इलाका प्रहरी कार्यालय पिपराले विवरण संकलन गर्न लागेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुशकुमार जोसीले जानकारी दिए । उद्योगले बोरा उत्पादन गर्दै आइरहेको थियो । घटनाको वितृत विवरण आउन बाँकी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds