काठमाडौँ । सानिमा बैंक लिमिटेडको १५ औँ वार्षिक साधारणसभा अाउँदाे असोज २९ गते हुने भएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले नक्साल ब्याङ्केट नारायणचौर काठमाडौँमा बिहान ११ बजे साधारणसभा गर्ने निर्णय गरेको बैंकले जानकारी दिएकाे छ ।
साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको ११.०५ प्रतिशत बोनस सेयर र १० प्रतिशत बोनस सेयर स्वीकृत गर्ने छ । बोनस सेयर बितरणपछि हाल कायम चुक्ता पूँजी ८ अर्ब १२ लाख ५५ हजार ४४० रुपैयाँबाट बृद्धि भई ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रुपैयाँ पुग्नेछ वताइएकाे छ ।
वार्षिक साधारणसभा प्रयोजनको लागि असोज १३ गते १ दिन बैंकको बुक क्लोज गर्ने निर्णय गरिएको बैंकले जानकारी दिएकाे छ ।
तपाईंको प्रतिकृया




