काठमाडौ । नेपाली काँग्रेसका नेता नरहरि आचार्यले संघीयता कार्यान्वयनको पक्ष कमजोर भएकाले संघीय व्यवस्थाको आलोचना हुने गरेको बताएका छन् ।
नेता अचार्यले काँग्रेसको दोस्रो जागरण अभियान अन्र्तगत आफ्नै निवासमा आयोजित कार्यक्रममा संविधान अनुसार प्रदेशहरुलाई केन्द्र सरकारले अधिकार नदिएकाले पनि संघीय संरचनाहरुले प्रभावकारी काम गर्न नसकेको बताए ।
‘संघीयताका विषयमा आलोचना आउनुको कारणमध्ये एक संघीयता एकैचोटी कार्यान्वयनमा नआउनु हो । प्रदेशका अधिकारहरु नदिएर संघले नै चलाएको छ । प्रधानमन्त्रीको उत्साहजनक सहयोग छैन ।
तर पनि संरचना भएकाले केही काम भएका छन्’ आचार्यले भने, ‘अहिले ६ प्रदेशमा नेकपाकै सरकार छ । संघीयताको विरोध गरेर मात्र यसको समाधान हुँदैन । संविधानमा भएको कुरा लागु भएको छैन । यस कुराको नेतृत्व जनजागरण मार्फत् काँगे्रसले गर्नुपर्छ ।’
तपाईंको प्रतिकृया




